अपराध

अर्बको ऋणः लिने व्यापारिक घराना फरार, दिने बैंक चुपचाप

Banner

काठमाडौं,माघ १४-

लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।

अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>