चितवन विशेष

काठमाडौँ उपत्यकापछि चितवनमा सबैभन्दा धेरै कोरोना संक्रमणमा

Banner

पूजा ढकाल

चितवन, माघ १३-

भारतसँग खुला सिमा भएकौ कारण नेपालको सक्रिय कोरोना संक्रमितको संख्यामा दिनप्रति दिन वृद्धि भएको छ ।

पछिल्लो समय माघ लागेदेखि चितवनसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको हो ।

भारतसँग खुला सिमा तथा जनसंख्या उच्च भएकौ कारणले चितवन काठमाडौँ पछिकै दोस्रो धेरै संक्रमित भएको जिल्लामा परेको छ । यस जिल्लामा परीक्षणको दायरा कम हुँदाहुँदै पनि लक्षण देखिएर परीक्षणमा गएका अधिक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आज ७३० जनाको विभिन्न अस्पतालमा परीक्षण गर्दा २८२ जनामा संक्रमण पुष्टि भएको हो । जुन दर ३८ प्रतिशत भन्दा बढी हुन आउँछ ।

चितवनमा भरतपुर माहानगरपालिकाका २२ हजार ८१४, खैरहनी नगरपालिकाका १७ हजार, माडी नगरपालिकाका १४ हजार ५१, रत्ननगर नगरपालिकाका तीन हजार ७७ , राप्ती नगरपालिकाका १२ हजार ३५ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कालिका नगरपालिकाका १० हजार ९१ र इच्छाकामना गाँउपालिकाका ३५३ जना गरी चितवनमा हाल सम्म ३१ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै हालसम्म चितवनका १६ हजार ८६४ पुरुष र १४ हजार ८४३ महिला संक्रमित भएका छन् । जसमध्ये ४३९ ले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने २७ हजार ३८३ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । जसमध्ये काठमाडाँैका ४० हजार १२, भक्तपुरका पाँच हजार ७२८ र ललितपुरका १० हजार ६९ गरी उपत्यकाका ५५ हजार ८०९ सक्रिय संक्रमित भएका थिए । त्यस्तै चितवनमा हिजो २८९ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७५८ रहेका थिए ।

यो तथ्यांकलाई हेदा चितवन काठमाडौँ पछिको दोस्रो उच्च संक्रमित भएको जिल्लामा पर्छ । बुधबारको तथ्यांक अनुसार सक्रिय संक्रमित मध्ये ८८ हजार २४८ होम आइसोलेसनमा थिए भने एक हजार ८१९ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

नेपालमा ५०० बढी सक्रिय संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभे्र, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ, कैलाली गरी १७ पुगेको छ ।

त्यस्तै २०० माथि सक्रिय संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, पाल्पा, दाङ, गुल्मी, सुर्खेत, कञ्चनपुरसहित १९ छन् । सर्वप्रथम छिमेकी राष्ट्र चीनको बुहानबाट विश्वभर फैलिएको कोरोना संक्रमण नेपालमा पहिलोपटक २०७६ पुस १७ गते देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>