Breaking News

खेलकुद मन्त्रीले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण (फोटोफिचर)

०
Banner

चितवन, माघ १३–

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

आज (बिहीबार) विहान रामपुरमा बन्दै गरेको रंगशालाको मन्त्री गहतराजसंगै युवा तथा खेलकुद मन्त्रालयका सचिव, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतको टोलीले रंगशालाको निरीक्षण गरेको हो ।

पाँच महिनादेखि आर्थिक अभावले रंगशाला निर्माणको काम ठप्प भएपछि खेलकुद मन्त्री स्थलगत अवस्था बुझ्न आज विहान चितवन आइपुगेका हुन् । रंगशाला निरीक्षण पश्चात भरतपुर महानगरपालिकामा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>