Breaking News

खेलकुद मन्त्रीले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण (फोटोफिचर)

Banner

चितवन, माघ १३–

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

आज (बिहीबार) विहान रामपुरमा बन्दै गरेको रंगशालाको मन्त्री गहतराजसंगै युवा तथा खेलकुद मन्त्रालयका सचिव, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतको टोलीले रंगशालाको निरीक्षण गरेको हो ।

पाँच महिनादेखि आर्थिक अभावले रंगशाला निर्माणको काम ठप्प भएपछि खेलकुद मन्त्री स्थलगत अवस्था बुझ्न आज विहान चितवन आइपुगेका हुन् । रंगशाला निरीक्षण पश्चात भरतपुर महानगरपालिकामा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>