Breaking News

चितवनको भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित २ जना पक्राउ

Banner

चितवन, माघ १२–

चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् ।

भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरुलाई मंगलबार पक्राउ गरिए पनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले विहान ९ः२५ बजेको समयमा कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्साको वीरंगज महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३० का ओम प्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरंगज–१६ बस्ने वर्ष ३२ का अजय कुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरुले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्सरे मेसिनमा झोला राखेर चेकजाँच गर्दा मेटलका चिजबस्तु रहेको पाईएपछि सो सामानलाई चेकजाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो । उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ ।

यस्तै गरगहनासंग सम्बिन्धत बील समेत शंकास्पद रहेका पाईएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान गर्न राजश्‍व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>