Breaking News

जनसंख्या वृद्धिदरमा चितवनले काठमाडौँलाई उछिन्यो, नेपालका जिल्लाहरुमा तेस्रो स्थानमा

Banner

चितवन, माघ १२-

जनसंख्या वृद्धिदरमा चितवन काठमाडौँ भन्दा अगाडि देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार चितवनले काठमाडौँलाई उछिन्दै नेपालका जिल्लाहरुमा तेस्रो बनेको हो ।

प्रारम्भिक प्रतिवेदनअनुसार काठमाडौँको जनसंख्या चितवनभन्दा बढी भए पनि वृद्धिदरमा भने काठमाडौँ भन्दा भक्तपुर अगाडि देखिएको छ । काठमाडौँ नेपालका उच्च जनसंख्या वृद्धिदर भएको जिल्ला भित्र पर्न सकेको छैन । नेपालमा सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका पाँच जिल्लाहरुमा भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरी रहेका छन् । भक्तपुरको वार्षिक जनसंख्या वृद्धिदर ३.३२, रुपन्देहीको २.३० प्रतिशत, चितवनको २.१० प्रतिशत, बाँकेको १.९७ र सुनसरीको १.९४ रहेको छ । सबैभन्दा कम जनसंख्या वृद्धिदर भएका नेपालका जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्थुम रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनको अहिलेको जनसंख्या सात लाख २२ हजार १६८ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार चितवनमा १० वर्षमा एक लाख ४२ हजार १८४ जना थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>