Breaking News

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा उपलब्ध गराउने सरकारको निर्णय

Banner

चितवन, माघ १२-

सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रीपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्दै सो विश्वविद्यालयलाई सरकारी जग्गा उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरिएको जानकारी दिएका हुन् ।

त्यसैगरी बैठकले स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी पनि स्विकृत गरेको छ । लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको मन्त्री कार्कीले बताए ।

उनले भने, ‘विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी यन २५४१ मिलियन करिब दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकृत गर्ने । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको विभिन्न प्रसारण लाइन तथा सवस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्विकृती दिने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय पनि गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्विकृती दिने निर्णय सरकारले गरेको छ । भोजपुर जिल्लास्थित नेपाली सेनाको फष्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरुको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना २ दाम जग्गा प्राप्त गर्न स्विकृती दिने सरकारले जनाएको छ ।

कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्विकृति दिने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>