Breaking News

चितवनमा आज २८९ संक्रमित थपिए, बजारमा भीडभाड उस्तै

Banner

चितवन, माघ १२-

चितवमा केही दिन यता तीब्रगतिमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा चितवनमा २८९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य कार्यलय चितजनका अनुसार ६३७ जनाको पिसिआर र १८२ जनाको एन्टीजेन गरी ८१९ जनाको परीक्षण गर्दा २८९ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका २२१, खौरहनी नगरपालिकाका नौँ, माडी नगरपालिकाका १४, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका चार, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाँउपालिका चार जनामा संक्रमण देखिएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ७५८ पुगेको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा ३८ जना कोरोना संक्रमित उपचाररत छन् । तीन हजार ७२० जना होम आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३८ रहेको छ । आज संक्रमित थपिएसँगै जिल्लामा कोरोना पोजेटिभ देखिनेको संख्या ३१ हजार ४३३ रहेको छ र संक्रमण मुक्त हुनेको संख्या २७ हजार २३७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>