Breaking News

जनसंख्याको हिसाबले भरतपुर नेपालकै तेस्रो ठूलो शहर बन्यो

Banner

चितवन, माघ १२-

जनसंख्याको हिसाबमा भरतपुर महानगरपालिका नेपालकै तेस्रो ठूलो महानगरपालिका बनेको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालका धेरै जनसंख्या भएका पाँच महानगरपालिकाहरुमा तेस्रो बनेको हो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकाहरुमा क्रमशः काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका छन् ।

सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालीगुराँस नगरपालिका र जिरी नगरपालिका पर्छन् । सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकाको जनसंख्या आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०हजार १८७ जनसंख्या रहेको छ । २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

 

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>