स्वास्थ्य

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

Banner

काठमाडौं,माघ ११-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उहाँलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>