चितवन विशेष

नारायणी कलामन्दिरको अध्यक्षमा सुविर श्रेष्ठ चयन

Banner

चितवन, माघ १०–

नारायणी कलामन्दिर नारायणगढको अध्यक्षमा युवा सुविर श्रेष्ठ चयन भएका छन् ।

अध्यक्षमा चयन भएका श्रेष्ठले आज (सोमबार) सपथ ग्रहण गर्नुको साथै पदभार ग्रहण समेत गरेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा हरिकुमार राजभण्डारी, सुस्मिता श्रेष्ठ, सनदकुमार पिया, सरला जोशी, प्रविण कुमार श्रेष्ठ, हर्षमान श्रेष्ठ, रामशरण सिलवाल, शालिकराम सापकोटा, सुसनलाल प्रधान, रोहितकुमार श्रेष्ठ र अनुकुल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुबाटै पछि पदाधिकारीमा मनोनित गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कलामन्दिरको केही दिन पहिले उद्घाटन सत्र सम्पन्न भएको थियो भने सहमतिको आधारमा नयाँ समिति चयन गरिएको हो । नारायणी कलामन्दिर नेपाली कला, भाषा, साहित्य र संस्कृतिको धरोहरको रुपमा रहेको छ । यही कलामन्दिरबाट थुप्रै राष्ट्रिय कलाकारहरु उत्पादन भएका छन् ।

अध्यक्षमा चयन भएपछि श्रेष्ठले पूर्वअध्यक्षहरुको अनुभव पारखीको मागदर्शन र कलाप्रेमी सदस्यहरुको विश्वासलाई एकाकर गर्दै कलामन्दिरको उद्देश्य प्राप्त गर्न हरपल प्रत्यनशील रहने विश्वास दिलाएका छन् । यो समितिको कार्यकाल दुई वर्ष अवधि रहेको छ ।

अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको भावी कार्ययोजना समेत प्रस्तुत गरेका छन् । जनस्तरमै प्राज्ञिक संस्थाको रुपमा कलामन्दिरलाई अगाडि बढाउने, कोभिड सामान्य अवस्थामा रहे सांँस्कृतिक भ्रमण गरिने, कला सम्बन्धि गोष्ठी तथा प्रदर्शन आयोजना गर्ने, साहित्यिक कृति प्रकाशन गर्ने, गायन र नृत्य प्रशिक्षणलाई निरन्तरता दिँदै कलामन्दिरका निर्धारित कार्यक्रमहरुलाई सुचारु रुपमा लैजाने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

उनले कलामन्दिरको भौतिक सम्पत्तिको सुरक्षा आयश्रोतको उचित प्रवन्ध मिलाउनु आफ्नो कार्यकालको प्रमुख काम रहने बताए ।
पदहस्तान्तरण कार्यक्रम निवर्तमान अध्यक्ष उद्धव जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>