चितवन विशेष

राप्ती नगरपालिकाका १०४ जना बालबालिकालाई स्विटर वितरण

Banner

चितवन, माघ १०-

प्रवासी नेपाल मञ्च जापानको आर्थिक सहयोगमा चितवनको राप्ती नगरपालिकाका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

राप्ती नगरपालिका ११ जनज्योति आधारभूत विधालयको कालिका आधारभूत विद्यालयका १०४ जना विद्यार्थीलाई न्यानो कपडा(स्विटर) वितरण गरिएको हो ।

स्विटर वितरण कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्दप्रसाद कँडेल, राप्ती नगरपालिकाका कार्यपालिका सदस्य श्यामलाल विक, नेकपा एमाले राप्ती नगर कमिटी इन्चार्ज सिताराम बल, नेकपा एमाले राप्ती नगर कमिटीका अध्यक्ष पूर्ण थापा, युवा नेता विश्वशान्ता लामा, जनकल्याण सामुदायिक वनका अध्यक्ष हिरालाल तामाङ, एमाले नेता सोमिलाल तामाङ, अनेरास्ववियु चितवनका नेता प्रकाश कालाखेतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष मोहनसिंह मोक्तानको अध्यक्षतामा भएको थियो । विधालयका प्रधानध्यापक गोमनसिंह लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहयोगी संस्था प्रवासी नेपाली मञ्च जापानलाई धन्यवाद दिइएको थियो ।

कार्यक्रममा सहजीकरण गर्ने चितवन निवासी हाल जापानमा रहेका नेकपा एमाले प्रवास कमिटी पूर्वीएशियाका अध्यक्ष डा.सरोज कँडेलसहितको टिमलाई धन्यवाद व्यक्त गरिएको छ । न्यानो कपड़ा वितरण कार्यक्रम आज समेत छैटौं पटक गरी ६३१ थान स्विटर बितरण गरिएको र थप अन्य ठाउँमा पनि वितरण गर्ने कार्यक्रम रहेको यस अभियानका अभियन्ता विश्वशान्त लामाले बताए । कार्यक्रममा एमाले नेता गोबिन्द कँडेलले नेकपा एमाले सरकारमा रहँदा पनि र नरहँदा पनि जनताको हरेक आवश्यकतामा साथ दिँदै आउने गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>