Breaking News
चितवनमा आज एकैदिन ५८३ जनामा कोरोना संक्रमण, ११ जनाको आईसीयूमा उपचार हुँदै
०
चितवन, माघ १०-
चितवनमा विगत २४ घण्टामा ५८३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३८० जना, खैरहनी नगरपालिकामा ४६ जना, माडी नगरपालिकामा २३ जना, रत्ननगर नगरपालिकामा ६३ जना, राप्ती नगरपालिकामा ४२ जना, कालिका नगरपालिकामा २० जना र इच्छाकामना गाउँपालिकामा ९ जना संक्रमित थपिएका हुन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या तीन हजार ३९० पुगेको छ । जसमा घरमा आइसोलेसनमा तीन हजार ३४९ जना र अस्पतालको आइसोलेसनमा ४१ जना रहेका छन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका ४७ जना बिरामी भर्ना भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमध्ये ११ जना आईसीयूमा र ३६ जना एचडीयूमा रहेका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १० जना बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>