चितवन विशेष

तमूस्यो ह्युलको जिल्ला अध्यक्षमा शकुन्तला, नगरमा मञ्जु

Banner

चितवन, माघ ९–

तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद चितवनको अध्यक्षमा शकुन्तला गुरूङ निर्वाचित भएकी छन् ।

परिषदको छैटौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो, जसको उपाध्यक्षमा रेखा गुरूङ, सचिवमा सीता गुरूङ, संगठन सचिवमा रनकुमारी गुरूङ र प्रचार सचिवमा कृष्णमाया गुरूङ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पूर्णकुमारी गुरूङ निर्वाचित भएकी छन् । आगामी तीन वर्षे कार्यकालको लागि १५ सदस्यीय जिल्ला समिति सर्वसम्मतरूपमा चयन गरिएको हो ।

महाबौद्ध गुम्बा तीनखोलेमा सम्पन्न अधिवेशनकै क्रममा तमूस्यो ह्युल छोँज धीँ, गुरूङ महिला राष्ट्रिय परिषद भरतपुर नगर समितिले पनि नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न चौथो नगर अधिवेशनबाट मञ्जु गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>