Breaking News

चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

Banner

चितवन, माघ ९–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएयता पहिलोपटक चितवनमा एक व्यक्तिको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारत ती व्यक्तिको कोरोनाले मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पताललमा आजसम्ममा ४० जना संक्रमितको उपचार भइरहेको छ । ८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

आजसम्ममा चितवनका विभिन्न अस्पतालमा गरि चितवनका ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

थप ९४ जनामा संक्रमण पुष्टि

चितवनमा थप ९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबार दिउँसो ३ बजेसम्ममा ९४ जना संक्रमित थपिएका हुन् । हिजो शनिबार परेकाले सरकारी प्रयोगशालामा परीक्षण भएको थिएन ।

संक्रमितहरु भरतपुरका ७५, रत्ननगरका ९, राप्तीका ६, इच्छाकामनाका २, खैरहनी र कालिकाका एक/एक जना रहेका छन् । योसंगै चितवनमा कुल सक्रिय संक्रमितको संख्या २ हजार ८६१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>