क्रिकेट

आइपीएल अक्सनको लागि नाम दर्ता गराउने यी हुन् १५ नेपाली खेलाडी (नामसहित)

Banner

काठमाडौँ, माघ ८–

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएकोमा नेपालबाट मात्रै १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।
खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् ।
आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।

नेपालबाट नाम दर्ता गराउनेमा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने, आशिफ शेख, पवन सराफ, सुन्दिप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुसन भारी आरिफ शेख रहेका छन् । यस्तै अभिनास बोहोरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालबाट हालसम्म कप्तान सन्दीप लामिछाने मात्रै आइपीएल खेलेका छन् ।

पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन । यसपटक टिमको संख्या बर्ढाइएकाले सन्दीपको सम्भावना बढेको छ ।

आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>