Breaking News

चितवनमा थपिए ४८८ संक्रमित, सक्रिय संक्रमितको संख्या २३ सय नाघ्यो

Banner

चितवन, माघ ७ –
चितवनमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले कोरोनाको तेस्रो लहर सुरु भएपछि आज सर्वाधिक संख्यामा संक्रमित भेटिएको जनाएको छ । कार्यालयका अनुसार ७६७ जनाको पिसिआर र १७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण देखिएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २३ सय ५९ पुगेको छ । जसमध्ये २३ सय १३ जना होम आइसोलेसनमा छन् भने ४६ संक्रमित अस्पतालका आइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>