चितवन विशेष

भरतपुर आँखा अस्पताललाई नारायणगढ लायन्स क्लवको आर्थिक सहयोग

Banner

चितवन, माघ ४–

नारायणगढ लायन्स क्लवले भरतपुर आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । आज (मंगलबार) विहान अस्पताल परिसरमा आयोजित कार्यक्रममा क्लवले अस्पताल संचालक संस्था नेपाल नेत्र ज्योति संघ–चितवनलाई ५० हजार रुपैयाँको चेक सहयोग गरेको हो ।

क्लवका अध्यक्ष लायन जयराम श्रेष्ठ र कार्यक्रम संयोजक लायन राजु पियाले नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेल र अस्पतालकी मेडिकल सुपरटिण्डेन्ट सह–प्रोफेसर डा.संगीता भण्डारीलाई उक्त चेक हस्तान्तरण गरेका थिए । नारायणगढ लायन्स क्लवको ४०औं स्थापना दिवस र लायन्सका संस्थापक मेल्भिन जोन्स सर्भिस वीकको अवसरमा नारायणगढका संस्थापक सदस्य स्वर्गीय लायन कृष्णकुमार श्रेष्ठको स्मृति पारेर उक्त रकम सहयोग गरिएको हो ।

अस्पतालमा आउने विपन्न, गरिब परिवारका बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नारायणगढ लायन्स क्लवका सदस्यहरु र अस्पतालका प्रमुख व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>