चितवन विशेष

कोभिडका कारण सौराहाको थारु कल्चर हाउस बन्द

Banner

चितवन, माघ ४–

कोभिड–१९ संक्रमणका कारण चितवनको पर्यटकीय नगरी सौराहामा रहेको थारु कल्चर हाउस बन्द गरिएको छ । चितवन प्रशासनले २५ जना भन्दा बढी मानिसहरुको भेला गर्न रोक लगाएपछि कल्चर हाउस बन्द गरिएको हो ।

कल्चर हाउसले आज (मंगलबार) एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका सम्पूर्ण कार्यक्रमहरु बन्द गरिएको जनाएको छ । सूचनामा भनिएको छ–‘सरकारले २५ जना भन्दा बढी मानिसहरुको भेला हुन नदिने सूचना जारी गरेकाले सौराहा थारु कल्चर हाउसले देखाउँदै आएको सम्पूर्ण सांस्कृतिक थारु नाच अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने सम्पूर्ण होटल व्यवसाय तथा पर्यटन व्यवसायका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

गैंडा चोकमा रहेको कल्चर हाउसमा हरेक दिन साँझ पर्यटकका लागि थारु सांस्कृतिक नाँच देखाउँदै आइएको छ । सौराहा भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरु थारु नाचमा रमाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>