मौसम

आजको मौसमः तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसो पहाडमा वर्षाको आँकलन

Banner

काठमाडौं, माघ ४-

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>