खेलकुद

चितवनमा जारी सेन्ट्रल कलेज ए डिभिजन लिगमा बीएफसीविरुद्ध सौराहाको कमब्याक जित

Banner

चितवन, माघ ३-

सञ्जय चौधरीको दुई गोलको मद्दतमा सौराहा युवा समाजले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ ।

आज भएको पहिलो खेलमा सौराहाले बिएफसीविरुद्ध ३–२ को कमब्याक जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बीएफसीका राजन गुरुङ र राज भुसालले एक–एक गोल गरे । खेलमा अग्रता भने बीएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बीएफसीलाई दोहोरो अग्रता दिलाए ।

दुई गोलले पछि पारेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो । २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे ।

दोस्रो हाफमा सौराहाले थप एक गोल ग¥यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको ‘म्यान अफ दि म्याच’ सौराहाका सञ्जय चुनिए । यो हारसँगै बीएफसीको अपराजित यात्रामा टुंगिएको छ । बीएफसी यस अघिका चार खेलमा अपराजित थियो ।

जितसँगै समूह ‘ए’ मा रहेको सौराहाले पाँच खेलबाट ९ अंक बनाएको छ । सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर महानगरपालिका–१२ अंकका साथ पहिलो स्थानमा छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>