Breaking News

संक्रमणको उच्च जाखिम, परीक्षणको दायरा कम हुँदा चितवनका न्यून व्यक्तिमा संक्रमण पुष्टि

Banner

चितवन, माघ २-

चितवनमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २५४ जनाको पिसियार परिक्षण गर्दा भरतपुर महानगरपालिकाका ४२ जना, खौरहनी नगरपालिकाका एक जना, रत्ननगर नगरपलिकाका सात जना, राप्ती नगरपालिकाका एक जना र कालिका नगरपालिकाका तीन जना गरी ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल चितवनमा विभिन्न अस्पताको आइसोलेसनमा १८ जना र घरको आइसोलेसनमा ६२६ गरी ६४४ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय चितवनमा कुनै संक्रमितको मृत्यु भएको छनै भने ५ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>