Breaking News

अनुगमन र जरिवानाको विरोधमा चितवनका किराना व्यवसायी आन्दोलित, दुई दिन पसल बन्द गर्ने

Banner

चितवन, माघ १–

जिल्ला प्रशासन कार्यालयले चितवनले बजार अनुगमन गरेको विरोधमा किराना व्यवसायीहरु आन्दोलित बनेका छन् ।

किराना व्यवसायी संघ–चितवनले आज (शनिबार) साँझ विज्ञप्ती जारी गर्दै अनुगमनको विरोधमा माघ २ र ३ गते दुई दिन जिल्लाभरका किराना व्यवसाय बन्द गर्ने निर्णय भएको जनाएको छ । संघका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले व्यवसायीलाई चोरी र ज्यानमारा जस्तै गरि धम्कीपूर्ण भाषा प्रयोग गरि व्यवसायीलाई पलायन र आतंकित पार्ने काम प्रशासनले गरेको विरोधमा पसल बन्द गर्ने निर्णयमा पुगेको जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वले संघमा आवद्ध व्यवसायीलाई अनुगमनको क्रममा विभिन्न बहानामा पहिलोपटकमै ३ लाखसम्म जरिवाना तोक्ने र अर्को दिन ११ बजेभित्रमै जरिवाना नबुझाए प्रहरी पठाएर पक्राउ गर्ने धम्की दिने काम भएको छ, प्रशासनले व्यवसायीलाई आतंकित पार्ने काम गरेकाले माघ २ र ३ गते संस्थामा आवद्ध व्यवसायीहरु विरोध स्वरुप पसल बन्द गर्न बाध्य भएको जानकारी गराउँदछौं ।’

संघले विज्ञप्ती मार्फत पाँच बुँदे माग समेत राखेको छ । पहिलो पटकको अनुगमनमा नै अधिकतम जरिवाना लगाउन नपाइने, उपभोग्य मिति भएको आयातित वस्तुहरुको मूल्य नभएमा सम्बन्धित निकाय (आयातकर्ता तथा उत्पादक)लाई नै चेकजाँच गरि जरिवाना लगाइनुपर्ने, किराना व्यवसायी कम नाफा राखी सेवा मूलक उद्देश्यका साथ संचालन गरिने व्यवसाय भएकाले प्रशासनले हेर्ने दृष्टिकोण बदल्नुपर्ने, चितवन प्रशासन तथा अन्य सरकारी निकायबाट हुने अनुगमनमा उद्योग वाणिज्य संघ र किराना व्यवसायी संघको प्रतिनिधिलाई समावेश गर्नुपर्ने र उपभोग्य वस्तुमा उपभोग मिति भएको तर मूल्य नभएको वस्तुलाई सम्बन्धित उद्योगलाई नै मूल्य राख्न समय दिनुपर्ने र त्यस्ता उपभोग्य वस्तुलाई जफत गरी नष्ट गर्नुपर्ने माग राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>