अर्थ

सहकारीले भरतपुरको मालिका चोकमा खोल्यो सामुदायिक मार्ट, सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने

Banner

चितवन, पुस ३० –
नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्था लिमिटेडले भरतपुरको मालिका चोकमा सामुदायिक मार्ट सञ्चालनमा ल्याएको छ ।

सहकारीका अध्यक्ष दिव्यबाबु नेपालले सहकारी सदस्यहरुको आफ्नै लगानी र व्यवस्थापनमा मार्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले मार्टमा दैनिक उपभोग्य वस्तुहरु अन्यत्रभन्दा कम मूल्यमा उपलब्ध गराउने बताएका छन् ।

सामुदायिक मार्ट चितवनमा सहकारीले प्रवद्र्धन गरेको पहिलो मार्ट समेत रहेको उनको भनाइ छ । भरतपुर १० को हाकिमचोकदेखि पश्चिम दक्षिणमा अवस्थित मालिका चोकमा सामुदायिक मार्ट रहेको छ ।

महँगो मूल्यवृद्धिको चापमा परिरहेका परिवारका लागि यस किसिमको मार्ट सञ्चालनबाट मूल्यमा सहजता हुनुका साथै समुदायमा सहकारिता अभिवृद्धि गर्न ठोस आधार बन्न सक्ने अपेक्षा गरिएको उनले बताए ।

मार्ट सञ्चालनमा आइसके पनि यसको उद्घाटन आगामि माघ ३ गते हुने छ । माघ ३ गतेदेखि १० गतेसम्म विशेष छुटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनका अनुसार चितवन सादुदायिक बचत तथा ऋण सहकारी संस्थाको व्यवसायिक प्रवद्र्धनको क्रममा छुट्टै स्वतन्त्र अस्तित्वमा रहने सामुदायिक मार्टसहित अन्य व्यावसाय सञ्चालन गर्ने उद्देश्यले नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्था स्थापना गरिएको हो । सहकारीले आगामी दिनमा मार्टलाई चितवनका सात वटै स्थानीय तहमा विस्तार गर्ने लक्ष्य राखेको उनले बताए । मार्टको सफलतापछि सहकारीले पोलिक्लिनक पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

हाल सहकारीमा ११ सय जना सदस्य रहेको बताउँदै उनले मार्टमा प्रत्येक सदस्यले १ हजारदेखि १० हजारसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको बताए । सहकारीमा नयाँ सदस्यका लागि खुला आह्वान गरिएको बताउँदै उनले इच्छुक रहेका जोकोही पनि यस सहकारीमा सदस्य बन्न सक्ने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>