Breaking News
भरतपुर महानगरपालिकाका ११७ गरी चितवनमा थपिए १४६ कोरोना संक्रमित
०

चितवन, पुस ३०-
चितवनमा पछिल्लो २४ घण्टामा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार ४७० जनाको पिसियार र ५६ एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको ११७, खैरहनी नगरपालिकाको सात, माडी नगरपालिकाको तीन, रत्ननगर नगरपालिकाको १३, राप्ती नगरपालिकाको दुई, कालिका नगरपालिकाको एक र इच्छाकामना गाँउपालिकाको एक जना गरी १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज १४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै चितवनमा सक्रिय संक्रमित ४७० पुगेको छ जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा १६ जना र घरको आइसोलेसनमा ४५४ जना रहेका छन् ।
त्यस्तै हाल सम्म चितवनमा कोरोना संक्रमणबाट ४३७ जनाले ज्यान गुमाएका छन् भने २६ हजार ७ सय ८२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























