चितवन विशेष

चितवनमा ‘चपली हाईट ३’को प्रिमियर

Banner

चितवन, पुस ३०–

रिलिजको पूर्वसन्ध्यामा लक्की मिडिया हाउसले चितवनमा चलचित्र ‘चपली हाईट ३’ भव्य प्रिमियर शो गरेको छ ।

नारायणगढस्थित क्युएफएक्स जलमा सिनेमा हलमा गरिएको प्रिमियरमा दर्शकहरुले चलचित्रलाई रुचाएका छन् । फिल्म नेपाली समाजमा हुने समसामयिक अपराधका घटनामा केन्द्रित रहेको छ भने फिल्म हेरिसकेपछि दर्शकहरुले फिल्मको खुलेरै तारिफ गरेका छन् ।

“कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ । नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ हामीले चलचित्र ‘चपली हाईट ३ को प्रिमियर शो गरिएको हो ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

अर्जुन कुमारको निर्माण रहेको चलचित्रलाई निकेश खड्काको निर्देशन गरेका हुने । क्राइम थ्रिलर जनराको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>