खेलकुद

जिल्ला लिग फुटबलः अग्रता उल्टाउँदै पानसको उत्कृष्ट जित

Banner

चितवन, पुस २९–

अमिस महतोको उत्कृष्ट प्रदर्शनको मद्धतमा पानस युवा क्लबले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ ।

लिग अन्तर्गत आज (बिहीबार) भएको दोस्रो खेलमा पानसले माडी ११ लाई ३–१ ले पराजित गरेको हो । खेलमा १–० ले पछि परेको पानसले उत्कृष्ट कमब्याक गर्‍यो ।

पानसको जितमा अमिसले दुई तथा अशोक टाडीले एक गोल गरे । माडीका विज्ञान खड्काले एक गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा अग्रता भने माडीले लिएको थियो । ६१ औं विज्ञानले फ्री किकमा उत्कृष्ट गोल गर्दै माडीलाई अग्रता दिलाएका थिए । तर माडीको अग्रता धेरै समय टिक्न सकेन ।

६५ औं मिनेटमा अमिसले सुन्दर हेडर गोल गर्दै पानसलाई खेलमा फर्काउने संकेत गरेका थिए । लगत्तै ६७ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै पानसलाई खेलमा फर्काए । ७३ औं मिनेटमा अशोकले गोल गर्दै पानसलाई ३(१ को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच पानसमा अमिस घोषित भए । जारी लिगमा पानसको यो पहिलो जित हो । यस अघि पहिलो खेलमा वातासिनो जि ब्वाइजसँग बराबरीमा रोकिएको पानस दोस्रो खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब ९बिएफसी० सँग पराजित भएको थियो । समूह ुएु मा रहेको पानसले ३ खेलबाट ४ अंक बटुलेको छ । समान खेल खेलेको माडीको पनि ४ अंक छ ।

यस अघि आजको पहिलो खेलमा बिएफसीले १० खेलाडीमा सीमित नारायणी मोटार्स युनिक क्लब बसेनीविरुद्ध फराकिलो जित निकाएको छ । बिएफसीले बसेनीलाई ६(० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो चौथो जित हो ।

बिएफसीलाई फराकिलो जिताउन नुरल राना मगर र राज भुसालले समान २-२ गोल गरे । सन्दीप सेन्चुरी र सुमन आले मगरले एक(एक गोल थपे ।पहिलो हाफमा एक गोल गरेको बिएफसीले दोस्रो हाफमा ५ गोल थप्यो । खेलको १६ औं मिनेटमा सन्दीप सेन्चुरीले गोल गर्दै बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा नुरल रानाले गोल गर्दै बिएफसीको अग्रता दोब्बर बनाए ।

५० औं मिनेटमा युनिक १० खेलाडीमा सीमित भयो । युनिकका रबिन श्रेष्ठले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । यसको फाईदा उठाउँदै ५४ औं मिनेटमा सुमन आलेले गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए । ६० औं मिनेटमा नुरलले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । राज भुसालले ६९ र ७१ औं मिनेटमा दुई गोल गरेपछि बिएफसी ६(० ले बिजयी भयो ।

खेलको म्यान अफ दि म्याच बिएफसीका नुरल चुनिए । जितसँगै बिएफसीले ४ खेलबाट १२ अंक बनाएको छ । लिगमा ४ खेल खेलेको बिएफसीले चारै खेलमा जित हात पारेको छ । यससँगै बिएफसीको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ।

लिगमा शुक्रबार पनि दुई खेल हुनेछ । शुक्रबार दिउँसो १ बजे सौराहा युवा समाज र जि ब्वाइज तथा दिउँसो ३:३० बजे नारायणी फुटबल क्लब र रामपुर फुटबल क्लब रड्सबीच खेल हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>