चितवन विशेष

एकै व्यक्ति पटक–पटक मोटरसाइकल चोरी अभियोगमा पक्राउ

Banner

चितवन, पुस २९–

पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं. १३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. २३ मा मनकामना वर्कसप तथा रिकण्डिसन हाउस संचालन गर्छन् ३८ वर्षीय दिपेन्द्र कुमार श्रेष्ठ । उनलाई चितवन प्रहरीले मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरेको छ ।

श्रेष्ठ पहिलोपटक चोरी मुद्धामा भने पक्राउ परेका होइनन् । उनी पटक–पटक पक्राउ पर्दै छुट्दै गरेको चितवन प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेका श्रेष्ठलाई अनुसन्धान पश्चात प्रहरीले छाडेको थियो । तर चोरीका मोटरसाइकल फेरि उनकै रिकण्डिसन हाउसमा पुग्न थालेपछि श्रेष्ठ प्रहरीको निगरानीमा रहेका थिए । प्रहरीको एउटा टोली मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गर्ने मिसन चलाएपछि उनी फेरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

श्रेष्ठसहित पक्राउ परेका ६ जनालाई प्रहरीले आज (बिहीबार) विहान सार्वजनिक गरेको छ । उनीहरुको साथबाट प्रहरीले ४ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीले श्रेष्ठसंगै पूर्वीचितवनको कालिका नगरपालिका वडा नं. ५ बस्ने २० वर्षीय मंशिस चौधरीलाई समेत पक्राउ गर्‍यो । प्रहरीले उनको साथबाट लागु औषध ट्याबलेट समेत बरामद गरेको छ । उनको साथबाट ४ पत्ता (५२ ट्याब्लेट) लागूऔषध फेला परेकाले प्रहरीले उनको अनुसन्धान चोरी अभियोगसंगै लागूऔषध तर्फसमेत अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>