खेलकुद

चितवन जिल्ला लिगः नारायणीको दोस्रो जित

Banner

चितवन, पुस २८–

भरतपुरमा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा नारायणी फुटबल क्लबले दोस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत आज (बुधबार) भएको दोस्रो खेलमा नारायणीले एस्ट्रल युथ सोसाइटीलाई २–० ले पराजित गर्‍यो। नारायणीको जितमा अजय गुरुङ र अमृत श्रेष्ठले गोल गरे ।
खेलको ६४ औं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा अमृतले गोल गर्दै नारायणीको २–० को जित सुनिश्चित गरे ।

खेलको म्यान अफ दि म्याच नारायणीका अजय गुरुङ घोषित भए । लिगमा बिहीबारबाट चौथो चरणको खेल सुरु हुनेछ । चौथो चरणको पहिलो खेलमा बिहीबार दिउँसो १ बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भिड्नेछन् । बिहीबारको दोस्रो खेल दिउँसो ३ः३० बजे माडी ११ र पानस युवा समाजवीच हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा १३ टोली सहभागि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>