Breaking News

चितवनमा दोब्बरले बढे कोराना संक्रमित, सक्रिय संक्रमितको संख्या २४० पुग्यो

Banner

चितवन, पुस २८ –

चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनामा गरिएको पिसिआर परीक्षण र १२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ देखिएको हो ।

हिजो ३६७ जनामा गरिएको पिसिआर परीक्षण र २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४७ जनामा पोजिटिभ देखिएको थियो ।
आज ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा हालसम्म २७ हजार ४४९ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमा ४३७ जनाले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>