अन्तर्वार्ता

एनआईसी एशिया बैँकले ठूलो शाखा सञ्जालमार्फत् ३० प्रतिशत जनसंख्यालाई बैँकिङ सेवा दिइरहेको छ: राठी

व्यवसायिक वार्ता :

Banner

सन्तोषकुमार राठी नेपालको बैकिङ क्षेत्रमा चिरपरिचित नाम हो । एनआईसी एशिया बैँकको सहायक प्रमुख कार्यकारी अधिकृत राठीसँग नारायणी अनलाइनले बैँकले ग्राहकमाझ ल्याएका नयाँ कार्यक्रम तथा सेवाको बारेमा व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश :

तपाइँ एनआईसी एशिया बैँकको सहायक प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । यस प्रदेशमा यस बैंकको उपस्थिति तथा बैँकिङ पहुँच कस्तो छ ?

एनआईसी एशिया बैँकले शाखा कार्यालय तथा विस्तारित काउन्टरमार्फत देशका कुना कुनामा पुगेर बैँकिङ सेवा दिइरहेको छ । नेपालको सुगम शहरदेखि दुर्गम गाउँसम्म एनआईसी एशिया बैँकको शाखा कार्यालयहरुको बलियो उपस्थिति रहेको छ । आजको दिनमा एनआईसी एशिया बैँकले नेपालको आर्थिकरुपले सक्रिय जनसंख्याको ३० प्रतिशत भन्दा बढी जनसंख्यालाई बैंकिङ सेवा दिइरहेको छ । हाम्रा ग्राहकको विश्वास र भरोसाले गर्दा आज एनआईसी एशिया बैँक मुलुकभर सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैँक बन्न सफल भएको छ । तपाइँलाई पनि थाहा छ नि एनआईसी एशिया बैँक विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकहरुमा १ नम्बरमा रहेको छ ।

यस बैँकका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवम् एक वटा शाखारहित बैँकिङमार्फत् बैंकिङ सेवा मार्फत् २७ लाख ३६ हजार बढी निक्षेप खाता एवम् ९१ हजार भन्दा बढी कर्जा खाता गरी दुई लाख २७ हजार ग्राहकलाई सेवा प्रवाह गरिहेको छ । बैँकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैँक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैँक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैँकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । हामीले नेपालको ७३ जिल्लामा शाखा कार्यालय विस्तार गरी सेवा प्रवाह गरिरहेका छौं । नेपाल सरकारको सबै नागरिकसम्म बैंकिङ पहुँच पु¥याउने अभियानमा योगदान पु¥याउने उद्देश्यले हामीले वाग्मती प्रदेशका ३८ वटा स्थानीय तहमा शाखा सञ्चालनमा ल्याइसकेका छौं । यस प्रदेशमा हाल १३ जिल्लामा ११८ वटा शाखा कार्यालय, एटीएम २२८ वटा र एक्स्टेन्सन काउण्टर ४० वटा सञ्चालनमा रहेका छन् । यस प्रदेशका ग्रामीण क्षेत्रसम्म बैँक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरु र सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको हामीले अनुभूति गरेका छौं । हामी यसलाई अझै सहज बनाउन डिजिटल माध्यमबाट सबैको हात हातमा बैँकिङ सेवा पु¥याउने अभियानमा लागेका छौं । हामीले विशेष गरी यस प्रदेशको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने हेतुले कृषि क्षेत्र, साना उद्यम कर्जा, उद्योग र व्यापारमै कर्जा लगानी गरेका छौं ।

नेपालको सबैभन्दा ठूलो शाखा सञ्जाल तथा ग्राहक संख्या भएको एनआईसी एशिया बैँकलाई अन्य बैँकको तुलनामा भिन्न रणनीति भएको बैँकको रुपमा हेरिन्छ । एनआईसी एशिया भिन्न रुपमा अघि बढिरहेको छ । बैँक अरू बैँकभन्दा भिन्न रणनीति लिएर हिडिरहेको बैँक हो । यो आम सर्वसाधारणले भोगेको र देखेको कुरा हो । यही भिन्न रणनीतिप्रति ग्राहक महानुभावहरुले विश्वास तथा भरोसा देखाउनु भएकै कारणले गर्दा पछिल्लो समयमा यस बैँकले आफूलाई सबैभन्दा ठूलो शाखा सञ्जाल तथा सबैभन्दा बढी ग्राहक महानुभावहरु भएको देशकै अग्रणी बैँकको रुपमा उपस्थित गराउन सफल भएको छ । बैँकले अख्तियार गरेको पाँच सूत्र सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायीलाई बैँकले आफ्नो बैँकिङ अभ्यासमा आत्मसात् गरेर अगाडि बढाएकाले बैँकले ग्राहकमैत्री र स्तरीय बैँकिङ सुविधा दिँदै आएको छ र यसैको उपज बैँकलाई सर्वसाधारणले रुचाएको हो भन्ने बुझाइ छ ।

एनआईसी एशिया बैँकले पछिल्लो समय आफूलाई परिष्कृत गर्दै नविन डिजिटल सेवा मार्फत् ग्राहक महानुभावहरुलाई अत्यन्त आधुनिक बैँकिङ सेवा प्रवाह गर्दै आएको छ । ग्राहकले जुन बैँकबाट उच्चतम फाइदा र सहजरूपमा छिटो छरितो सेवा पाउँछन्, त्यही बैँक नै रोज्छन् । डिजिटल फस्टको अवधारणा अंगिकार गर्दै खाता खोल्ने देखि कर्जा आवेदन दिनेसम्मको सुविधा अनलाइनबाटै गर्न सकिने ग्राहकमैत्री अझै तपाइँलाई भनौं एनआईसी एशिया बैँकको आइसर्भ सेवामार्फत शाखा कार्यलय पुगेर गर्नुपर्ने ३५ भन्दा बढी सेवा अनलाइनमार्फत नै लिन सकिन्छ । यस्तै सहज बैंकिङ सेवाका कारण ग्राहक महानुभावहरु यस बैंकप्रति आकर्षित हुनुहुन्छ ।

 एनआईसी एशिया बैँकले भर्खरै सर्वश्रेष्ठ बचत खाता सार्वजनिक गरेको छ । यो खाता कस्तो हो अलिकति बताइदिनुहोस् न । खाताको नाम पनि सर्वश्रेष्ठ नै कसरी राखियो ?

हामीले बजार सर्वेक्षण गरेर, ग्राहक महानुभावहरुको चाहना र आवश्यकतालाई विश्लेषण गर्दै उहाँहरुले चाहेको जस्तै बचत खाता बनाउने क्रममा बजारमा हाल रहेको खाताहरुमा भन्दा सर्वाधिक उच्च ब्याजदर र अतुलनिय सुविधाहरुले भरिपूर्ण सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता सार्वजनिक गरेका छौं । अब सोच्नुहोस् न नाम सर्वश्रेष्ठ भए पछि खाता पनि त अहिले चलन चल्तीमा रहेका खाताहरु भन्दा सर्वश्रेष्ठ नै हुन प¥यो नि । बैँकको २४ औं वार्षिकोत्सवको अवसरमा २४ सर्वश्रेष्ठ फाइदा सहितको सर्वश्रेष्ठ बचत तथा मुद्दती खातामा सार्वजनिक गरेका छौं । तीन वटा बीमा सम्बन्धी फाइदाहरु, ३ वटै कर्जासम्बन्धी फाइदाहरु र अन्य १८ सर्वश्रेष्ठ फाइदाहरु समवेश गरिएको छ । तपाइँले पनि थाहा पाइसक्नुभएको होला सर्वश्रेष्ठ बचत खातामा हाल नेपालको बैंक तथा वित्तीय क्षेत्रकै सबैभन्दा उच्च वार्षिक ७.०५ प्रतिशत ब्याजदर प्रदान गरिएको छ । ब्याजदर मात्रै उच्च होइन हामीले २१ लाख रुपैयाँसम्मको बिमा सुविधा, पाँच वर्षसम्मको लागि डेबिट कार्ड, मोबाइल बैँकिङ तथा इन्टरनेट बैँकिङ सुविधाका साथसाथै अन्य थुप्रै फाइदाहरु दिइरहेका छौं, मलाई लाग्छ सम्भवतः यो नेपालको बैँकिङ क्षेत्रकै अहिलेसम्मकै सबैभन्दा उच्च फाइदा भएको निक्षेप योजना हो ।

हेर्नुहोस् न हामीले २०७५ चैत २० गतेदेखि नै बचत खातामा बिमा सुविधा दिँदै आएका छौं । अहिले बचत खातामा बिमा सुविधा त पाइन्छ तर २१ लाख रुपैयाँसम्मको बिमा सुविधा तिनीहरु मध्ये पनि सबैभन्दा धेरै हो । यस सुविधालाई ग्राहक महानुभावहरूले अत्यन्त मन पराउनु भएकाले यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिएका छौं । सर्वश्रेष्ठ बचत खातामा केही यस्ता सुविधाहरु पनि छन् जो ग्राहक महानुभावहरुले एक पटक खाता खोलिसकेपछि बैँकमा खाता रहँदासम्म प्रयोग गर्न सकिन्छ । थुप्रै सुविधाहरु पाँच वर्षसम्म निःशुल्क प्राप्त गर्न सकिन्छ र अन्य विश्वास नै गर्न नसकिने धेरै सुविधाहरु निःशुल्क प्राप्त गर्न सकिन्छ ।

 तपाइँले भनेको जस्तै बिमा सुविधा त यस अघिका खाताहरुमा पनि थियो नि, यस अघिका खाताहरु र सर्वश्रेष्ठ बचत खाताको बीचमा के अन्तर छ ?

यसअघिका खाताहरुमा जस्तै सर्वश्रेष्ठ बचत खातामा पनि केही सुविधालाई निरन्तरता दिएका छौं र ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै केही आकर्षक फाइदाहरु थप गरेका छौं । जस्तै, अघि पनि चर्चा गरियो यस अघिको खातामा जस्तै २१ लाख रुपैयाँ बराबरको बिमाका फाइदालाई अहिले पनि निरन्तरता दिएका छौं । यस अघि न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा एक वर्षको लागि निःशुल्क डेबिट कार्ड सुविधा थियो, अहिले हामीले त्यसलाई पाँच वर्ष पु¥याएका छौं । यस खातालाई न्यूनतम मौज्दात र खातामा पाइने फाइदाका आधारमा गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीमा विभाजन गरिएको छ । खातामा पाइने फाइदाहरुलाई पनि तीन भागमा छुट्याएर हेर्दा अझै सहज हुन्छ । ग्राहकले एक पटक सर्वश्रेष्ठ बचत खाता खोलिसकेपछि यी सेवाहरु आजिवन निःशुल्क प्राप्त गर्न सकिन्छ ।

सीआस्बा सेवा चेक प्रोसेसिङ सेवा, आरटीजीएस\आईपीएस, सीआईपीएस लकर मार्जिन र लकर सेवाको वार्षिक शुल्क सधैभरी छुट एटीएमबाट पैसा निकाल्दा र मौज्दात जाँच वापतको शुल्क नलाग्ने सर्वश्रेष्ठ बचत खातामा निम्न सेवाहरु पाँच वर्षका लागि निःशुल्क प्राप्त गर्न सकिन्छ । डेबिट कार्ड इन्टरनेट बैँकिङ, मोबाइल बैँकिङ सर्वश्रेष्ठ बचत खातामा निम्न सेवा समेत प्राप्त गर्न सक्नुहुन्छ ।

डिम्याट खाताको दर्ता शुल्कमा छुट, मेरो शेयरको दर्ता शुल्कमा छुट पोर्टफोलियो म्यानेजमेन्टमा पहिलो वर्ष ५० प्रतिशत छुट स्वीप इन स्विप आउट सुविधा पाँच लाखसम्मको निःशुल्क क्रेडिट कार्ड निःशुल्क अतिरिक्त क्रेडिट कार्ड, निःशुल्क प्रिपेड डलर कार्ड, निःशुल्क इकमर्स एक्टिभेसन हेर्नुस् त कति धेरै फाइदाहरु छन् ।

एक पटक सर्वश्रेष्ठ खाता खोलिसकेपछि उहाँहरुले लिने सुविधालाई हामीले मौद्रिक मूल्यमा हिसाब गरेर हेर्दा न्यूनतम तीन लाख ३६ हजारको सुविधा पाइने प्रक्षेपण बैँकको छ । ग्राहक महानुभावहरुले वेबसाइटमा राखिएको बेनिफिट क्याल्कुलेटरबाट समेत खातामा पाइने सुविधालाई जाँच गरी हेर्न सक्नुहुन्छ ।
सर्वश्रेष्ठ बचत खातामा पनि यहाँहरुले गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीका खाताहरु राख्नुभएका रहेछ । तीनै श्रेणीका खातामा अघि तपाइँले भनेको जस्तै सबै फाइदाहरु छन् कि केही फरक छ ?

हो तपाईले ठिक भन्नुभयो हामीले सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरूमा गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीमा ल्याएको छ । पार्टनर श्रेणीमा न्यूनतम मौज्दात २५ हजार रुपैयाँ, प्राइडमा न्यूनतम ५० हजार रुपैयाँ र गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम एक लाख मौज्दातमा खाता खोल्न सकिन्छ । यी सबै प्रकारका खातामा ७.०५ प्रतिशतको वार्षिक सर्वाधिक ब्याजदर प्राप्त हुनेछ र खाताका प्रकार अनुसारका विभिन्न २४ फाइदाहरु उपलब्ध हुनेछन् । जसमा गुडविल एम्बेसडर श्रेणीको खाताको सुविधाहरुको बारेमा अघि मैले उल्लेख गरिसकेको छु । गुडविल एम्बेसडर श्रेणीका सर्वश्रेष्ठ बचत खातासँगै एक वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप खाता (व्यक्तिगत) पनि खोल्न सकिन्छ, जसमा सर्वाधिक उच्च ब्याजदर वार्षिक १०.०५ प्रतिशत सुविधा प्रदान गरिएको छ । त्यसैगरी न्यूनतम ५० हजार रुपैयाँ मौज्दात गरी खोलिने प्राइड श्रेणीको खातामा वार्षिक आकर्षक ७.०५ प्रतिशतको अलावा ग्राहक महनुभावहरुले डिम्याट एवम् मेरो शेयर, लकरमा वार्षिक दस्तुर र पोर्टफोलियो व्यवस्थापन सेवामा पहिलो वर्ष ५० प्रतिशत छुट, पूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् कर्जामा बेस रेटमा थप दुई प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नुहुन्छ । अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैँकिङ र इन्टरनेट बैँकिङमा लिइने वार्षिक शुल्क समेत पहिलो वर्षका लागि निःशुल्क प्राप्त गर्न सकिनेछ । न्यूनतम २५ हजार मौज्दात गरी खोलिने पार्टनर श्रेणीको खातामा पूर्वस्वीकृत कर्जा सुविधा अन्तर्गत तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् कर्जामा बेस रेटमा थप तीन प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सकिन्छ ।

अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैँकिङ र इन्टरनेट बैँकिङमा लिइने वार्षिक शुल्कसमेत पहिलो वर्षका लागि निःशुल्क गरिएको छ । साथै क्रेडिट कार्ड आवेदन, क्रेडिट कार्ड जारी शुल्क र ईकमर्स सुचारु निःशुल्क हुने व्यवस्था समेत गरिएको छ ।

यो खाता सबै उमेर समूहका लागि हो वा निश्चित उमेर समूहका लागि ल्याउनु भएको छ ?

हो, सर्वश्रेष्ठ बचत खातालाई हामीले विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै खाता ल्याएका छौं । १८ वर्ष भन्दा साना बाबुनानीहरुका लागि सर्वश्रेष्ठ बाबुनानी बचत खाता छ । त्यस्तै ५५ वर्ष र सो भन्दा माथिका उमेरका ज्येष्ठ नागरिकहरुका लागि सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना रहेको छ । नारीहरुलाई प्रोत्साहन गर्न सर्वश्रेष्ठ नारी बचत खाताको सुविधा पनि ल्याएका छौं । विदेशमा मेहनत गरिरहनु भएको नेपालीहरुले पनि विदेशबाटै आफ्नो नेपालको खातामा रकम पठाउन मिल्ने गरी सर्वश्रेष्ठ वैदेशिक रोजगार बचत खाता योजना पनि ल्याएका छौं । त्यस्तै कर्मचारीहरुको आवश्यकतालाई मध्यनजर गर्दै उहाँहरुलाई विशेष फाइदा पुग्ने सर्वश्रेष्ठ तलब बचत खाता पनि सार्वजनिक गरेको छौं । त्यस्तै सर्वश्रेष्ठ बचत खाता भित्रै साना साना बाबुनानीहरुका लागि सर्वश्रेष्ठ नानीबाबु बचत खाता पनि रहेको छ । हामीले खाताको प्रकार अनुसारनै खातामा उपलब्ध सुविधाहरु पनि फरक फरक पारेर ल्याएका छौं । जस्तै, सर्वश्रेष्ठ बचत खातामा भन्दा ज्येष्ठ नागरिक बचत खातामा पेन्सनको आधारमा कर्जा सुविधा तथा होम बैँकिङ सुविधा पनि थप गरिएको छ ।

 बचत खाताको त चर्चा गर्नुभयो । यस पटक मुद्दती निक्षेप खाता छैन ?

छ नि, हामीले सर्वाधिक ब्याजदरसहितको सर्वश्रेष्ठ मुद्दती तथा सर्वश्रेष्ठ मासिक निक्षेप खाताको योजना पनि ल्याएका छौं । एक वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती खातामा ग्राहक महानुभावहरुले वार्षिक १०.०५ प्रतिशतको उच्च ब्याजदरका साथै अन्य विभिन्न सेवाहरु पनि प्राप्त गर्न सक्नुहुन्छ । सर्वश्रेष्ठ मुद्दती खातामा समेत १० लाखको दुर्घटना बिमा, १० लाखको घातक रोगसम्बन्धी बिमा र एक लाखको औषधि उपचार सम्बन्धी बिमा गरी जम्मा २१ लाख रुपैयाँ सम्मको बिमा सुविधा पनि रहेको छ । मुद्दती निक्षेप खातालाई पनि ग्राहक महानुभावहरुको चाहना अनुसार उहाँहरुले जम्मा गरेको निक्षेपको आधारमा गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ । एक करोड रुपैयाँसम्मको गुडविल एम्बेसडर, ५० लाखसम्म निक्षेप रहेको प्राइड र २५ लाखसम्म निक्षेप रहेको पार्टनर श्रेणी रहेका छन् । बचत खातामा जस्तै मुद्दती निक्षेप खातामा पनि कर्जा सम्बन्धी फाइदाहरु बाहेक अन्य विभिन्न फाइदाहरु प्राप्त गर्न सकिन्छ ।

 पछिल्लो समय बैँक खातामा बिमा सुविधा दिने प्रचलन बढेको छ । तपाइँहरुले त झनै २१ लाख रुपैयाँसम्मको बिमा सुविधाको कुरा गर्नुभएको छ । यो निकै राम्रो पक्ष हो । खाता खोल्ने सबैले यो सुविधा लिन पाइने हो ? यसबारेमा छोटकरीमा प्रकाश पारिदिनुस् न ?

हो, अहिले अन्य बैंकहरुले पनि बचत खाताहरुमा बिमा सुविधाहरु ल्याएका छन् । तर हामीले नेपाल इन्स्योरेन्ससँग सहकार्य गरेर सर्वाधिक उच्च २१ लाख रुपैयाँ बराबरको बिमा सुविधा दिइरहेका छौं । यो त हाम्रा ग्राहक महानुभावहरुका लागि एकदमै फाइदा पुग्ने सुविधाहरु मध्येको एक हो । यस योजना अन्तर्गत गुडविल एम्बेसडर श्रेणीका खाता खोल्ने ग्राहक महानुभावहरूले २१ लाख रुपैयाँ बराबरको बिमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयाँको बिमा सुविधा, घातक रोगहरूको लागि १० लाखरुपैयाँको बिमा सुविधा र एक लाखसम्मको औषधि उपचार बिमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यो सुविधा आएसँगै अब हाम्रा ग्राहकहरूले सामान्य बिरामी भएर बहिरंग (ओपीडी) सेवामा गई उपचार गर्नुपरेमा पनि अब त्यसको जिम्मा बैँकले नै लिने भएको छ । ओपीडीमा गई उपचार गर्नुपरेमा उपचारमा लागेको औषधि खर्च, चेकजाँच, ल्याब सबै गरेर २० हजार रूपैयाँसम्मको औषधि उपचार खर्च अब एनआईसी एशियामा खाता खोलेकै भरमा ग्राहकहरूले पाउनुहुन्छ साथै हस्पिटलमा भर्ना भई बस्नु परेमा ८० हजार रुपैयाँसम्मको हस्पिटलको खर्च समेत खाताले नै ब्यहोर्ने छ ।

 एनआईसी एशिया बैंकमा विशेष स्वीप इन स्वीप आउट सुविधाको बारेमा धेरै सुनिन्छ । के हो स्विप इन, स्विप आउट सुविधा ? यसअन्तर्गत बैंकले के कस्ता विशेष सुविधा उपलब्ध गराएको छ ?

स्वीप इन–स्वीप आउट सुविधा यस बैँकले सर्वश्रेष्ठ बचत खाताहरुको एम्बेसडर श्रेणीलाई लक्षित योजना हो । हामीले यो योजना यस अघिका चमत्कारिक बचत खाता सिरिजमा पनि दिएका थियौं । यो नेपालकै बैँकिङ क्षेत्रकै नविन र उत्कृष्ट सुविधा हो, यो हामी धेरै भन्दा धेरै ग्राहकहरुलाई बुझाउन चाहन्छौं । स्विप इन–स्विप आउट भनेको बचत खाता र मुद्दती खाता दुवैको गुणहरु समाहित गरेको एक उच्चतम फाइदा हुने सर्वाेत्कृष्ट सुविधा हो जसमा तपाइँले बचत खाताको जस्तै इच्छाइएको समयमा बैँकबाट आफ्नो रकम निकाल्न पनि सक्नुहुन्छ र खातामा जम्मा भइरहँदा मुद्दती निक्षेपको उच्च ब्याजदर प्राप्त गर्नुहुनेछ । स्विप इन–स्विप आउट सुविधा बैँकको सर्वश्रेष्ठ बचत खाताका एम्बेसडर श्रेणीमा दुई लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई १० हजारको गुणनमा तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १०.०५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्न सकिन्छ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यसबाट देखिन्छ एउटा बचत खाता खोल्दा पनि मुद्दती खाता सरह ब्याजदर प्राप्त गर्न सकिन्छ । त्यसकारण पनि यसलाई हामीले सर्वश्रेष्ठ बचत खाता भनेका छौं । अब तपाई आफै अनुमान लगाउन सक्नुहुन्छ कि यो खाता किन पनि सर्वश्रेष्ठ छ । उदाहरणका लागि १५ दिनअघि मैले एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलें र दुई लाख रूपैयाँ बचत गरें । आज फेरि मलाई कतैबाट पैसा आयो तीन लाख । मैले त्यो पनि सोही खातामा लगेर डिपोजिट गरेँ । अब स्विप इन÷स्विप आउटको नियम अनुसार आज मैले राखेको तीन लाख त स्विप इन भएर तीन महिनाका लागि मुद्दती खातामा जान्छ । किनकि यो सुविधाअनुसार दुई लाख रूपैयाँभन्दा माथि जति पनि रकम हुन्छ, यो १० हजारको गुणाले हुन आउने रकम तीन महिनाका लागि मुद्दती खातामा स्वतः स्वीप इन हुने हो । अब फेरि मलाई ८ दिनपछि नै त्यो ३ लाख रुपैयाँ चाहियो भने बिना कुनै झन्झट म त्यो तीन लाख रुपैयाँ निकाल्न पाउँछु र मेरो खातामा त्यो पैसा स्वीप आउट भएर आउँछ । यसरी उक्त रकम तीन महिना पुरै खातामा रहेको खण्डमा मुद्दती निक्षेप खाता बराबरको ब्याज आउने भयो तर तीन महिना अघिनै निकाल्यो भने उक्त मुद्दती सरहको ब्याजदर भन्दा दुई प्रतिशत कम ब्याज प्राप्त गर्न सकिन्छ जुन अन्य सामान्य बचत खाताको भन्दा बढी नै हो ।

यहाँहरुले बचत खातामा असिमित फाइदाहरु भन्दै विभिन्न अफरहरु दिनुभएको छ । यसबाट साच्चै ग्राहकहरुलाई फाइदा पुगेको छ त ?

हो, हामीले ग्राहक महानुभावहरुको सोच बदलेर बचत खातामा ब्याज मात्रै होइन अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ भनेर बुझाउन खोजिरहेका छौं । सर्वश्रेष्ठ बचत खाता अन्तर्गत गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा हामीले २४ विभिन्न फाइदाहरुको कुरा हामीले ग¥यौं र ती फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहक महानुभावहरूले न्यूनतम तीन लाख ३९ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण गरेका छौं । ग्राहक महानुभावहरुलाई बुझ्न सजिलो हुन्छ भनेर यसलाई म तालिकामा देखाउन चाहान्छु । गुडविल एम्बेसडर श्रेणीको खाता विवरण रकम बिमा सम्बन्धी २० हजार, वेल्थ म्याक्सिमाइजेसनसम्बन्धी २६ हजार ५३० कर्जा सम्बन्धी दुई लाख ६६ हजार डिजिटल एवम् ट्रन्समिसन बैँकिङसम्बन्धी २६ हजार ६६४ कुल फाइदा तीन लाख ३९ हजार १९४ प्राइड श्रेणीको खाता विवरण रकम वेल्थ म्याक्सिमाइजेसनसम्बन्धी सात हजार ५७५ रुपैयाँ कर्जा सम्बन्धी एक लाख १६ हजार डिजिटल एवम् ट्रान्ज्याक्सन बैँकिङसम्बन्धी १२ हजार १५० कुल फाइदा एक लाख ३५ हजार ७२५ पार्टनर श्रेणीको खाता विवरण रकम कर्जा सम्बन्धी १६ हजार डिजिटल एवम् ट्रान्ज्याक्सन बैँकिङसम्बन्धी पाँच हजार ५२३ कुल फाइदा २१ लाख ५२ हजार ३११ हुन्छ ।

 सर्वश्रेष्ठ बचत खातामा त धेरै फाइदा सुनियो, के यो बचत खाता खोल्ने ग्राहकले कर्जा लिन चाहेमा कर्जामा पनि विशेष सुविधा दिनुभएको छ ?

हो, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहक महानुभावहरूले तीन कर्जासम्बन्धी फाइदा प्राप्त गर्न सक्नुहुन्छ । यस अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा छन् । उदहारणको लागि ग्राहकले गुडविल एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको छ र वहाँको खातामा पछिल्लो तीन महिनासम्म १० लाख रुपैयाँ निक्षेप जम्मा रहेको छ । यस अवस्थामा वहाँले एक करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् एक करोड कर्जामा बेस रेटमा थप एक प्रतिशत ब्याजदर कायम गरी सो कर्जा प्राप्त गर्न सक्नुहुनेछ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । अब अर्को उदाहरणका लागि यदि उक्त ग्राहक महानुभावले यसै अवस्थाका बीच एक करोड ५० लाख कर्जा लिन चाहेको खण्डमा पूर्वस्वीकृत कर्जा सुविधा अनुरुप निजले औसत मौज्दातको १० गुणा बढी अर्थात् एक करोड कर्जा बेस रेटको अतिरिक्त एक प्रतिशत ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नुहुनेछ र यसको कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्नेछ । अब थप ५० लाखरुपैयाँको हकमा भने अन्य कर्जाको ब्याजदर सरह अनुसार नै ब्याजदर रहनेछ र त्यसको कर्जा प्रशासनिक शुल्क ०.७५ प्रतिशत सम्म लाग्न सक्नेछ ।

 नेपालमा होम बैंकिङ सुविधाको धेरै सुनिदैन तर एनआईसी एशिया बैँकले होम बैँकिङ सुविधा छ भनी प्रचार गरिरहेको छ । के हो यो होम बैँकिङ सुविधा ?
एनआईसी एशिया बैँकले ग्राहकमहानुभावहरुलाई सेवा र सुविधा दिने कुरामा कुनै कसर बाँकी नराख्ने बचन बद्धता जाहेर गरेको छ र विश्वका उत्कृष्ट बैँकिङ सेवाको अभ्यासहरुलाई भित्राएको छ । यस बैँकले आफ्नो सञ्जाल विस्तार गरी नेपालका ७३ जिल्लामार्फत बैँकिङ सेवा उपलब्ध गराउँदै आएको छ । तर ज्येष्ठ नागरिकहरुले बैँकको शाखा कार्यालय वा विस्तारित काउण्टरसम्म आउन नसक्ने अवस्थामा विशेष सेवा स्वरुप होम बैँकिङको सुविधा उपलब्ध गराएका छौं । तपाई हाम्रो लागि उहाँले आफ्नो उमेर भरी मेहनत गर्नुभएको छ हामीले पनि त उहाँलाई सम्मान र सुविधा दिन पर्याे नि हैन र ?

एनआईसी एशिया बैँकमा यसअघि नै खाता रहेका ग्राहकहरुले त यो सुविधाबाट बञ्चित हुनु पर्ने हो ? कि उहाँहरुको लागि नयाँ खातामा जाने सुविधा छ ?
हाम्रा २७ लाख बढी ग्राहक महानुभावहरुको प्रश्न तपाइँले गरिदिनुभयो । यसका लागि तपाइँलाई धन्यवाद नै भन्छु । यस अघि जुनसुकै खाता भए पनि सजिलै सर्वश्रेष्ठ बचत खातामा स्किम ट्रान्सफर गर्न सकिन्छ । ग्राहक महानुभावहरु नजिकको शाखा कार्यालयमा गई वा अनलाइन मार्फत नै आइसर्भ बाट पनि स्किम ट्रान्सफर गर्न सकिन्छ । त्यसका लागि ग्राहक महानुभावहरुले वेभसाइट खोली आइसर्भ छान्नुपर्छ । त्यसपछि कस्टुमर सर्भिस रोज्नुहोस् र स्किम टान्सफरमा जानुपर्छ । हाम्रो मोबाइल बैँकिङ एप एनआईसी एशिया मोबाइल बैँकिङबाट पनि यो सुविधा लिन सकिन्छ । एनआईसी एशिया मोबाइल बैँकमा रहेको आइसर्भबाट समेत अघि भनेको जस्तै स्टेपहरुबाट यो सुविधा लिन सक्नुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>