खेलकुद

चितवनमा जारी सेन्ट्रल कलेज लिगमा सौराहाको लगातार तेस्रो बराबरी

Banner

चितवन, पुस २७-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ ।

आज भएको पहिलो खेलमा सौराहा माडीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।
बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । यससँगै सौराहाले ३ खेलबाट ३ अंक बनाएको छ । माडीको ३ खेलबाट ४ अंक भएको छ ।
खेलको ‘म्यान अफ दि म्याच’ सौराहाका डिफेन्डर प्रकाश चौधरी घोषित भए । लिगअन्तर्गत आजको दोस्रो खेल रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग विजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ हजार प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>