Breaking News
चितवनमा निरन्तर बढ्दै कोरोना संक्रमण, दैनिक संक्रमित ४१ बाट बढेर आज ४७ पुग्यो
०

चितवन, पुस २७-
चितवनमा कोरोना संक्रमण निरन्तर बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार दैनिक फाट्टफुट्ट देखिएको कोरोना संक्रमण दुई दिन यता ह्वात्तै बढेको हो ।
हिजो सोमबार ४१ जनामा देखिएको कोरोना संक्रमण आज बढेर एकाएक ४७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा दुई जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना कोरोना संक्रमित विगत २४ घण्टामा थपिएका छन् ।
योसँगै चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६२ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा १५५ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणको कारणले ४३७ जनाले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























