Breaking News
चितवनमा शून्यमा झरेको कोरोना संक्रमण एकाएक बढ्यो, आज एकै दिन ४१ संक्रमित थपिए
०

चितवन, पुस २६-
चितवनमा कोरोना संक्रमण भयाबह बन्दै जाने खतरा बढेको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार हिजो आइतबार एक जना पनि संक्रमित नथपिएको चितवनमा विगत २४ घण्टामा ४१ जनामा संक्रमित थपिएपछि अवस्था भयाबह बन्दै गएको हो ।
यसअघि चितवनमा फाट्टफुट्ट मात्र संक्रमण देखिने गरेको थियो ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा २९ जना, खैरहनी नगरपालिकामा एक जना, माडी नगरपालिकामा तीन जना, रत्ननगर नगरपालिकामा ५ जना, राप्ती नगरपालिकामा तीन जना संक्रमित थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ११९ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ११२ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेका छन् । चितवनमा आजसम्म ४३७ जनाले कोरोना संक्रमणको कारणले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























