Breaking News

चितवनका सबै मेला, महोत्सव बन्द गर्ने प्रशासनको तयारी

Banner

चितवन, पुस २६–

चितवनमा सुरु भइसकेका र सुरु हुने तयारीमा रहेका सबै मेला, महोत्सव बन्द गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ ।

भोलि (मंगलरबार)देखि सबै महोत्सव गर्ने तयारीमा प्रशासन जुटेको हो । सोही अनुरुप आज दिउँसो ३ बजे प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्दैछ । ‘गृहको निर्णयले सबैले मान्नै पर्छ, अवस्था जटिल बन्दै गएकाले सबै मेला, महोत्सव बन्द गराउँछौं’–प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

चितवनकै सबैभन्दा ठूला चितवन महोत्सव आइतबारबाट सुरु भइसकेको छ । रत्ननगर महोत्सव भोलि (मंगलबार)बाट सुरु हुने तयारी छ भने पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सवको तयारी चलिरहेको छ ।

पछिल्लो समय चितवनमा पनि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्ममा चितवनमा सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ भने ७५ जना होम आइसोलेशनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>