Breaking News

चितवनमा जारी फुटबल प्रतियोगितामा माडीविरुद्ध बीएफसीको रोमाञ्चक जित

Banner

चितवन, पुस २४-

राज भुसाल चम्किएको खेलमा केबीए ग्लोबल भरतपुर फुटबल क्लबले सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित दर्ता गरेको छ ।
आजको दोस्रो खेलमा बीएफसीले माडी ११ लाई २–१ ले पराजित गरेको हो । रोमाञ्चक खेलमा बिएफसीलाई जिताउन राजले दुई गोल गरे । माडीका रितेश क्षेत्रीले एक गोल फर्काए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तीनै गोल दोस्रो हाफमा भएको हो । दोस्रो हाफको तेस्रो मिनेटमा मैदान प्रवेश गरेका राजले बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ५३ औं मिनेटमा गोल गर्दै बिएफसीलाई अग्रता दिलाए ।

६० औं मिनेटमा रितेशले गोल गर्दै माडीलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनले सुन्दर हेडर गोल गर्दै खेलमा १–१ को बराबरी गरे । अतिरिक्त समयको दोस्रो मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गर्दै बिएफसीलाई २–१ को जित दिलाए । उनले माडीका डिफेन्डरलाई बिट गर्दै आकर्षक गोल गरे । खेलको ‘म्यान अफ दि म्याच’ बीएफसीका क्याप्टेन विशाल बिक घोषित भए । लिगअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र हर्दी युवा समाज भिड्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>