देश/प्रदेश
दाङको एक विद्यालयमा कोरोना पुष्टि, पाँच दिनका लागि पठनपाठन बन्द
०
दाङ, पुस २१-
दाङमा शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द भएको छ ।
जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ आश्वरा माध्यमिक विद्यालयमा कोरोना पुष्टि भएपछि पठनपाठन बन्द भएको हो ।
लक्षण देखिएर स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको छ ।
त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























