Breaking News
लाखौं मूल्यका भन्सार छलेको औषधिसहित चितवनका लामा पक्राउ
०
चितवन, पुस १९-
बिल बिजक भन्दाबढी मालवस्तु र औषधि लोड गरिएको मालबाहक ट्रकसहित चितवनका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीका अनुसार उक्त ट्रक लाखौं मूल्यका औषधि बोकेर पोखराका लागि हिँडेको थियो । ट्रकसहित ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का सुरेशकुमार लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ट्रकमा खुद्रा मालवस्तु र औषधि लोड गरिएको थियो । प्रहरीले उक्त सामान र ट्रकको ६५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>