अन्तर्वार्ता

हामी पूर्णतया स्वदेशी जडीबुटीको प्रवद्र्धनमा लागेका छौं: बस्याल

व्यवसायिक वार्ता:

Banner

शोभाकान्त बस्याल नेपालको आर्युेवेदिक वस्तुहरुको उत्पादनको क्षेत्रमा चिरपरिचित नाम नै हो । चितवनको माडी नगरपालिकाको बगौंडामा विसं २०३५ सालमा जन्मिएका बस्यालले प्ररम्भिक शिक्षा माडीबाट पूरा गरेपछि काठमाडौँबाट स्नातकोत्तर गरेका हुन् । काठमाडौँको श्री जयकाली जडिबुटी उद्योगको मुख्य लगानीकर्तासमेत रहेका बस्याल अहिले कम्पनीको प्रवन्ध निर्देशकको रुपमा कार्यरत छन् । स्वदेशी जडिबुटीको प्रवद्र्धन र प्रचारप्रसारमा एक दशक बढी समयदेखि निरन्तर लागेका बस्यालसँग नारायणी अनलाइनले व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ , वार्ताको सम्पादित अंश:

तपाइँको जडिबुटी उद्योग कस्तो खालको उद्योग हो ?

               हाम्रो जडिबुटी उद्योग नेपाली जडिबुटीको प्रवद्र्धन गर्दै प्राकृतिकरुपमा विभिन्न वस्तुहरु उत्पादन गर्ने उद्देश्यले २०६५ सालमा स्थापित उद्योग हो । यसको मुख्य कार्यालय काठमाडौँको स्वयम्भू क्षेत्रमा रहेको छ । यसले जडिबुटीबाट २० प्रकारका साबुन र मालिस गर्ने तेल उत्पादन गर्दै आइरहेको छ । जसमा ओखती ब्रान्डका साबुनहरु पर्छन् । मुख धुने र नुहाउने गरेर उत्पादित साबुनहरुमा चिउरी, चन्दन, च्याउजस्ता जडीबुटीबाट बनेका साबुनहरु पर्छछन् । त्यसैगरी ग्रिन टी, अलभेरा जस्ता जडिबुटीबाट स्याम्पु, क्लिजिङ मिल्क र फेस वास पनि कम्पनीले उत्पादन गर्दै आएको छ । कम्पनीमा ५० जना कर्मचारी कार्यरत छन् भने झण्डै ५० हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउँदै आएका छन् ।

यस्तो उद्योग खोल्ने सोच कसरी आयो ? को बाट प्रेरणा लिनुभयो ?
म उद्योग खोल्नुभन्दा अघि विभिन्न कस्मेटिक उत्पादनहरुको मार्केटिङ गर्ने काममा सक्रिय थिए । विभिन्न व्यक्तिहरुले तपाइँ यो क्षेत्रमा आफैले केही उत्पादन गर्ने प्रयास गर्नुभयो भने सफल हुनुहुन्छ भन्ने साथीभाईहरुले सल्लाह दिनुभयो । सोही सल्लाहको आधारमा मैले यस क्षेत्रमा हात हालेँ ।
आयुर्वेदिक उत्पादनको क्षेत्रमा पनि नयाँ नयाँ उत्पादनहरु आइरहेका छन् । तपाइँको कम्पनीको उत्पादन र अन्य उत्पादनमा के फरक छ ?
हाम्रो उत्पादन नितान्त आयुर्वेदिक छ । स्वदेशकै जडिबुटीहरुबाट बनेको पूर्णतया प्राकृतिक उत्पादन हो । अन्य कम्पनीका उत्पादनहरु पूर्णतया केमिकल बेस छन् । हाम्रो तेलको उत्पादन छालाजन्य रोगहरु, जोर्नीको दुखाइ र पिनासको लागि प्रयोग गर्न सकिन्छ ।
नेपालमा तपाइँका उत्पादनहरुको वितरण कस्तो छ ?

नेपालमा ३० वटा डिलरमार्फत् ओखती साबन, तेल र स्याम्पुहरुको वितरण हुन्छ । विदेशमा युरोप, अमेरिका, चीन, जापान र अरेबियन देशहरुमा पनि हाम्रो उत्पादनहरु पुगिरहेको छ । निम, तितेपाती, तुलसी जस्ता पौराणिक कालदेखि मानिसहरुले प्रायोग गर्दै आएको जडिबुटीबाट विभिन्न आर्युेवेदिक वस्तुहरु उत्पादन गरिहेकोले हाम्रो उत्पादनको लोकप्रियता निरन्तर बढ्दो छ ।

हामीले गरेको साबनको उत्पादन बजारमा पाइने अन्य साबुन भन्दा धेरै फरक छ । जसले छालाको रोग, चर्म रोग, दण्डीफोर, दाग र कालोपोतोको उपचारमा सहयोगी बन्दै आइरहेको छ । हाम्रो साबुनहरु ७० प्रतिशत नेपाली जडीबुटीमा आधारित छन् भने तेलमा ९५ प्रतिशत नेपाली जडिबुटीहरुको प्रयोग भएको छ । तितेपाती, निम, अमला, लेमन ग्रास, रोजमेरी, पुदिना, चिउरीको घिउ जस्ता जडीबुटीहरु हामीले प्रयोग गर्दै आएका छौं । हाम्रो उत्पादनहरु तुलनात्मकरुपमा अन्य उत्पादन भन्दा सस्तो पनि छ ।

उद्योगलाई आवश्यक जडिबुटीहरु कसरी संकलन गर्नुहुन्छ ?

हामी नेपालका विभिन्न ठाउँमा किसानहरुले सहकारीमार्फत् उत्पादन गरेका जडिबुटीहरु संकलन गर्छौं । चितवनको टिकौलीमा जडिबुटी प्रशोधन केन्द्र पनि रहेको छ । ठूलो उत्पादनगर्ने किसानले सिधै उद्योगमा जडिबुटी पठाउँछन् । झण्डै ५० हजारदेखि एक लाख किसानहरु यस उद्योगमा जोडिएका छन् ।

नेपालमा उद्योग व्यवसाय चलाउने वातावरण कस्तो छ ?

राज्यले सहजरुपमा काम गर्ने वातावरण बनाउन सकेको छैन । कुनै सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार दर बुझाउनुपर्छ । रक्सीमा लगाउने अतिरिक्त शुल्क आयुर्वेदिक उत्पादनहरुमा पनि लगाउँदै आएको छ । जसले साबुनको उत्पादनलाई धेरै नै असर गरेको छ । नेपालमा स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने राज्यको नीति नै छैन । लगानीको वातावरण नै छैन । राम्रोसँग काम गर्ने वातावरण नै छैन । हामीले राम्रो प्रणाली र पद्धति नै विकास गर्न सकेका छैनौं ।    धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>