चितवन विशेष

सिराइँचुली होटलमा भोलि नयाँ वर्ष विशेष कार्यक्रम, ‘फायर शो’संगै यात्रा व्याण्डको प्रस्तुती

Banner

चितवन, पुस १५–

चितवनको भरतपुर–१० स्थित हाइटमा रहेको सिराइँचुली होटलमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । जिल्लामा पहिलोपटक ‘बल इभ’ नाम दिइएको विशेष कार्यक्रममा युवाहरुमाझ चर्चित यात्रा व्याण्डको सांगीतिक प्रस्तुती रहने छ ।

कार्यक्रम भोलि (शुक्रबार) साँझ ७ बजेदेखि सुरु हुनेछ । ‘बल इभ’ थिममा कार्यक्रममा हुने भएपछि सहभागिहरुका लागि विशेष प्रकारको मास्क प्रदान गरिने छ । होटलका म्यानेजर श्याम थापाका अनुसार न्यू इएर इभलाई विशेष बनाउने उद्देश्यले बल इभ थिममा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा यात्रा व्याण्डको लाइभ प्रस्तुतीसंगै ‘लाइभ डिजे काउनडाउन’ र ‘फायर शो’ समेत गरिने म्यानेजर थापाले जानकारी दिए ।

कार्यक्रममा प्रवेशका लागि ५ हजार र ३ हजार रुपैयाँको टिकट राखिएको छ । ५ हजार टिकटमा स्पेशल डिनरका साथै केही समयका लागि विदेशी ब्राण्डका ‘अनलिमिटेड’ पेय पदार्थको व्यवस्था गरिएको थापाले बताए । ३ हजारको टिकटमा पनि स्पेशल डिनरका साथै ‘लिमिटेड’ नरम पेय पदार्थ व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>