चितवन विशेष

कांग्रेस चितवनले पुस १६ गते मेलमिलाप दिवस मनाउने

Banner

चितवन, पुस १४-

नेपाली कांग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न पदाधिकारी बैठकले यही पुस १६ गते नेता बिपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किएको दिनको उपलक्षमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

विसंं. २०३३ साल पुस १६ गते महामानव बिपी कोइराला मेलमिलाप र एकताको नीति लिएर भारतबाट नेपाल फर्किएका थिए । सोही दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउँदैं आएको छ ।

कांग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ९ हाकिमचोकमा रहेको चितवन मिड टाउन रिसोर्टमा कार्यक्रमको आयोजना गरिएको छ । सोही कार्यक्रममा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवम् प्रदेश सदस्यहरुलाई सम्मानसमेत गरिने उनले जानकारी दिए । यससँगै काँग्रेसका तर्फबाट प्रदेश मन्त्री बनेका चितवनका दुई जना प्रदेश सांसदहरु बलराम पौडेल र मिलनबाबु श्रेष्ठलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>