अन्तर्राष्ट्रिय

फ्रान्समा एकै दिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित

Banner

काठमाडौँ, पुस १४-

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ । क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले युरोपमा कोरोना तीव्र रूपमा फैलिएको अनुमान गरिएकोछ ।

फ्रान्समा पछिल्लो २४ घन्टामा ठूलो संख्या १ लाख ७९ हजार ८०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ । फ्रान्समा अहिलेसम्म २ करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाइसकेका छन्।

फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन्।

यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ९३ जना, इटालीमा ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रिसमा २१ हजार ६ सय ५७ जनामा संक्रमण फेला परेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>