गण्डकी

कावासोतीमा महेन्द्रराजमार्ग अवरुद्ध, वर्षाले डाइभर्समा सवारी साधन फस्दा समस्या

Banner

नवलपुर, पुस १४–

नवलपरासी पूर्व कावासोती जंगलमा निर्माणाधीन सडकमा सवारी साधन फसेका कारण महेन्द्रराजमार्गमा यातायात अवरुद्ध भएको छ ।

आज बिहान ४ बजेबाट नैराजमार्गको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन सडकमा वर्षादका कारण मालबाहक सवारी साधन फसेर राजमार्ग अवरुद्ध भएको हो ।

कावासोतीको फलफूल चोकदेखि दुई सय मिटर पूर्वतर्फको डाइभर्सनमा गाडी फस्दा पूर्वपश्चिमका लागि छुटेका सैयौं गाडी राजमार्गमा अलपत्र परेका छन् ।

तस्विरः सुरज शर्मा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>