Breaking News
जलविद्युत् आयोजनामा दुई इञ्जिनियरको निधन : ऊर्जामन्त्रीद्वारा दुःख व्यक्त
०

काठमाडौँ, पुस १२-
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणको क्रममा विस्फोट हुँदा दुई जनाको निधन भएको छ ।
आज पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएकोमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुःख व्यक्त गरेकी छन् ।
मन्त्री भुसालले उनीहरुको निधनले अत्यन्त दुःख लागेको र निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन् ।
आयोजनामा ६०० मिटरको उचाइबाट प्रतिसेकेन्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको चापका कारण विस्फोट भएको कम्पनीका प्रवद्र्धकले बताए ।
आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा यो दुर्घटनाले प्रश्न खडा गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























