चितवन विशेष

चितवनका साहित्यकार कँडेलको नयाँ अंग्रेजी कविता संग्रह ‘द सन अन द स्याण्ड’ आउँदै

Banner

चितवन, पुस १२-

चितवनका साहित्यकार ईश्वर कँडेलको नयाँ अंग्रेजी कविता संग्रह ‘ द सन अन द स्याण्ड’ पुसको अन्तिमबाट बजारमा आउने भएको छ ।

भारतको ब्रोसिस प्रकाशनले बजारमा ल्याउने कविता संग्रहमा ४० वटा कविता र एउटा अन्तरवार्ता समावेश रहेका छन् । साहित्यकार कँडेलले नारायणी अनलाइनलाई भने, ‘जनवरीको दोस्रो हप्ताबाट कविता संग्रह बजारमा आउँनेछ । जसमा ४० वटा कविता र एउटा अन्तरवार्ता समावेश रहनेछ । अंग्रेजी साहित्यका प्राध्यापक तथा समालोचक उदय अधिकारीले मसँग लिएको अन्तरवार्ता पुस्तकमा समावेश गरिएको छ ।’

भरतपुर महानगरपालिका–७ कृष्णपुरका स्थायी बासिन्दा कँडेलले विद्यार्थी जीवनबाट विसं २०४४ सालबाट कविता लेखनमार्फत् साहित्यिक यात्रा सुरु गरेका हुन् । ब्रिटिस काउन्सिलमा शिक्षकहरुलाई तालिम दिने काममा सक्रिय रहँदै आएका कँडेलको नयाँ कविता संग्रह तेस्रो कृति हो । यसअघि उनको ‘बाया’ अंग्रेजी कविता संग्रह, दोस्रो ‘इकोज’ अंग्रेजी उपन्यास प्रकाशन भइसकेको छ । अक्षर समूह चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कँडेलले हालसालै कलासम्बन्धी संस्था बीडको प्रमुखसमेत रहेका छन् । देशका विभिन्न ठाउँमा घुमफिर गर्दै फोटोग्राफीमा विशेष रुचि राख्ने कँडेल चराका फोटोहरु कैद गर्न विशेष रुचि राख्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>