अन्तर्राष्ट्रिय
म्यानमारमा सेनाको बर्बरता : ३० जनाको हत्या गरी शव जलाइयो

म्यानमार, पुस ११-
म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी ३० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्धा, महिला र बालबालिकासमेत रहेका छन् ।
शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । त्यस्तै आक्रमणपछि आफ्ना संस्थाको २ जना कर्मचारी समेत हराएको भनाइ छ ।
बीबीसीमा अल्लेख भए अनुसार मानव अधिकार समूह र स्थानीय सञ्चार माध्यमले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरमा सवारी साधनभित्र जलेका शव देख्न सकिन्छ ।
त्यस्तै करेनी ह्युमन राइट्स ग्रुपले फेसबुकको एक पोष्टमा मानव अधिकारको उल्लंघन हुने गरी भएको अमानवीय एवं निर्मम हत्याको निन्दा गर्छौं र आन्तरिक रुपमा विस्थापित मानिसको शव जलेको अवस्था फेला पारेको उल्लेख छ ।

























