Breaking News

चितवनमा पछिल्लो २४ घण्टामा थपिए ११ कोरोना संक्रमित, एकको मृत्यु

Banner

चितवन, मंसिर २९-

चितवनमा पछिल्लो २४ घण्टामा ११ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय कार्यालय चितवनको अनुसार २८२ जनाको पिसियार र १२ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालीकाको नौँ र खौरहनी नगरपालीकाको दुई जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हाल चितवनमा कोरोनाका १३२ सक्रिय संक्रमित रहेका छन् । जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा सात र घरको आईसोलेसनमा १२५ जना रहेका छन् ।

त्यस्तै आज १८ कोरोना संक्रमित संक्रमण मुक्त भए सँगै चितवनमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६५७० पुगेको छ भने भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको मृत्यृ भएको छ । यो सँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यृ हुनेको संख्या ४३४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>