Breaking News

चितवनमा ठेक्का लिएर काम नगर्ने दुई निर्माण कम्पनीसँग भवन निर्माण आयोजनाको स्पष्टीकरण

Banner

चितवन, मंसिर २८-

चितवनमा विकास निर्माण कामको ठेक्का लिएर काम नगर्ने दुई कम्पनीसँग शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजनाले स्पष्टीकरण सोधेको छ ।

आयोजनाले आज सार्वजनिक सूचना निकालेर स्पष्टीकरण मागेको हो ।

निर्माण व्यवसायीहरुले निर्माण कार्य गर्ने सम्झौता गरे पनि पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न गर्ने ठोस प्रयास नगरेको र लिखित रुपमा निर्देशन दिँदा समेत काम गर्न चासो नदेखाएको सूचनामा उल्लेख छ ।

‘निर्माण कार्य गर्ने ठोस कार्यतालिका र विश्वसनीय स्पष्टीकरणसहित सात दिन भित्र यस आयोजनामा उपस्थित भइ निर्माण कार्य तत्काल सुचारु गर्न जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

चितवनको रत्ननगर नगरपालिकासँग रत्ननगर सभाहल निर्माणको ठेक्का लिएर लामो समयदेखि निर्माण कार्य अलपत्र छाडिएको छ । २०७३ मा ठेक्का लिएर पीएस\विरुवा जेभीले काम अधुरो छाडेको सूचनामा उल्लेख छ । भरतपुर महानगरपालिकाको विभिन्न स्थानहरुमा सडक तथा ढल निर्माण कार्य, प्याकेज–१ को ठेक्का लिएर सन्तोषी\कान्छाराम\ डाँफे जेभीले काम अधुरै छाडेको सूचनामा उल्लेख छ । त्यसैगरी चितवनका दुईसहित रामग्राम नगरपालिका–२ को हाटबजार निर्माण सुधार, सामुदायिक पूर्वाधार योजनासँग काम लिएर पप्पु\शिवशक्ति जेभीले काम अधुरै छोडेको सूचनामा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>