Breaking News

चितवनका घनश्याम दाहाल बागमती प्रदेशको मन्त्री बन्दै

Banner

चितवन, मसिर २८–

चितवनका सांसद घनश्याम दाहाल ‘अविनास’ बागमती प्रदेश सरकारमा मन्त्री बन्दैछन् ।

बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ । सोही अनरुप नेकपा (माओवादी केन्द्र)बाट सांसद दाहाल मन्त्री बन्न लागेको मन्त्री शालिकराम जमकटेलले जानकारी दिए ।

माओवादीबाटै दोलखाका विशाल खड्का र काभ्रेका रत्न ढकाल पनि मन्त्री बन्दैछन् । हाल बागमती प्रदेश सरकारमा चितवनका कृष्ण खनाल कानुन मन्त्री छन् । उनी नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका हुन् । दाहाल मन्त्री बनेसंगै चितवनबाटै दुई मन्त्री हुनेछन् ।

वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । हालै मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>