Breaking News

चितवन बन्द गराउँदै हिड्ने नौ जना पक्राउ (फोटो फिचर)

Banner

चितवन, मंसिर २८–

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै चितवन बन्द गराउँदै हिडेका नौ जना आज विहान पक्राउ परेका छन् ।

चितवन प्रहरीले नारायणगढको पुलचोकबाट जिल्लाका विभिन्न राजनीतिक दलका कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लब नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, बैद्य माओवादी चितवनका इन्चार्ज धननाथ सापकोटा, बद्री अधिकारी, प्रकाश ढकाल, युवा नेता कृष्ण सुनारलगायतका रहेका छन् । उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

बन्दकर्ताहरुले नारायणगढमा एमसीसीविरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई तत्काल रिहाईको माग गर्दै प्रहरी प्रशासनविरुद्ध पनि नाराबाजी गरेका थिए ।

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज चितवन बन्दको घोषणा गरेका थिए । बन्दका कारण जिल्लाको शैक्षिक संस्था, कलकारखना, बजार र यातायात प्रभावित बनेको छ ।

संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र हिजो मसाल जुलुस समेत निकालेको थियो । बन्द आह्वान गर्ने दलहरुमा माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लब नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्ज लगायतका १३ वटा दल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>