चितवन विशेष
भरतपुरको मंगलपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
०
चितवन, मंसिर २७-
भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आइतबार साँझ एम्बुलेन्सले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि आचार्यका अनुसार से १ च ५८८ नम्बरको चौबिसकोठीबाट चनौली जाँदै गरेको एम्बुलेन्सले पैदलयात्री नवलपरासी बुलिङटार गाउँपालिका–६ का ४८ वर्षीय तुलबहादुर मुक्मी मगरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको छ । एम्बुलेन्स चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























